शुक्रबार, १६ चैत २०८०

शेयर बजारमा गिरावट

समयपोष्ट २०७६ वैशाख २५ गते १६:४७

सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पगेको छ ।

Advertisement

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ बिन्दुले घटेर २७८.०७ बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीका १९ लाख सात हजार ७८३ कित्ता शेयर रु ५० करोड ७९ लाख ३४ हजार ९१९ मा खरीद बिक्री भए । नेप्से परिसूचक घटेसँगै कारोवार रकम मङ्गलबारको तुलनामा घट्यो ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७, उत्पादन ६९.२२ र अन्य उपसमूहको शेयर ३.५८ अङ्कले बढेको छ । त्यसैगरी बैंकिङ ५.८३, होटल ३२.९९, विकास बैंक ७.४१, जलविद्युत् १७.२, वित्त १.८१, निर्जीवन बीमा १४.५६, लघुवित्त ४.९५ र जीवन बीमा ०.१८ बिन्दुले घटेको छ ।

घटेको बजारमा आज हिमालय डिस्टिलरीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नवील इक्विडी फन्ड ४.९६, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ४.११, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड ३.९४ र बोटलर्स नेपाल (तराई) लिमिटेडका शेयरधनीले ३.८१ प्रशितले कमाए ।

मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेडका शेयरधनीले ९.५५, तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ४.८१, पाँचथर पावर कम्पनी लिमिटेडका शेयरधनीले ४.६२, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले ४.१९ र सिन्धु विकास बैंकका शेयरधनीले ३.७० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री