शनिबार, ८ वैशाख २०८१

ल हेर्नुहोस् स्वीमसूटमा प्रियंकाको बोल्ड लुक्स

समयपोष्ट २०७६ वैशाख २५ गते १०:५०

Advertisement

रुसलानले नेपालमा पहिलो पटक हाइ– फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर सार्वजनिक गरेको छ ।

आफ्नो ब्राण्ड सद्भावना दूत प्रियंका कार्कीलाई समावेश गरिएको विशेष किसिमको क्यालेण्डर सार्वजनिक गरेको हो ।

यो वर्ष रुसलानले ग्राहकहरुको अभिरुचीलाई ध्यानमा राखेर दुई नयाँ नवीनतम ब्राण्ड रुसलान अल्ट्रा प्रिमियम भोडका र रुसलान गोल्ड रिजर्भ भोडकाको रचना गर्न सक्षम भएको छ ।

र पहिलो पटक ब्राण्डले देशको युवा प्रतिभाहरुमा सर्वाधिक रुचाइएकी प्रियँका कार्कीसँग सहकार्य गरेर रुसलान स्वीमसूट क्यालेण्डर २०७६ प्रस्तुत पनि गरेको छ ।

प्रियंका भन्छिन्, “रुसलान एक अद्भूत ब्राण्ड हो । अहिलेको व्यवसाय भनेको नै बजारमा तहल्का मच्चाउनु हो र जोखिमयुक्त तौर तरिकाहरु एवं नवीन सिर्जनाहरुको उपायद्वारा उपभोक्ता र दर्शकहरुसँगको सम्बन्धलाई नवीकरण गरिरहनु हो ।’

हाइ–फेशन क्यालेण्डरहरु मार्फत् ब्राण्ड आबद्धताको परम्परा विश्वव्यापी रुपमा एक प्रचलित विषय हो र ती मध्ये केही विश्व–स्तरका ब्राण्डहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री