मंगलबार, ११ वैशाख २०८१

‘रेनो एक्सचेन्ज क्याम्प’: टेस्ट ड्राइभमा आकर्षक उपहार साथै १ बर्षको रोड ट्यक्स फ्रि

समयपोष्ट २०७६ वैशाख २५ गते १०:०४

Advertisement

नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईलले ‘रेनो एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ ।
‘पुरानो छोडौँ नयाँ गुडाऔँ’ भन्ने मुल नाराका साथ ६ मे देखि ९ मे सम्म पोखरा र ८ देखि ११ मे सम्म भैरहवामा आयोजना हुने यस मेगा अफरमा अटोमोबाइल ग्राहकहरुले पुरानो गाडी रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्जगर्न सक्नेछन्।

कम्पनीका अनुसार एडभान्स अटोमोबाईलले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्म फ्रि सर्भिसिङ्ग,नि:शुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्रि, इजीफाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ।

ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार जित्न सक्नेछन् ।रेनो एक्सचेन्ज क्याम्पले ग्राहकलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री