शुक्रबार, १४ वैशाख २०८१

फ्रि साङयोङग सर्भिस क्याम्प सुरु

समयपोष्ट २०७६ वैशाख २५ गते ९:४९

Advertisement

साङयोङग मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आई.एम.एस् मोटर्स फ्रि साङयोङग सर्भिस क्याम्प आयोजना गरेको छ । विशेष अफरसहित आइतबारबाट काठमाडौँको मोटो इन्जिनियरिङ प्रा. लि नयाँ बजारमा सुरु भएको उक्त क्याम्प शनिबारसम्म चल्ने छ।

फ्रि साङयोङग सर्भिस क्याम्पमा साङयोङग गाडीका ग्राहकहरुले फ्रि सर्भिसिङ (गाडी सरसफाई),साङयोङग हेल्थ चेकअप र इन्स्पेक्सन,लुब्रिकेन्ट्स् मा १५ प्रतिशत छुट,गाडीको जेनुयन पार्टस्मा १५ प्रतिशत छुट, फ्रि डि एस एम डायग्नोसिस र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने छन् ।

दक्षिण कोरियाको चौथो ठूलो मोटर उत्पादक कम्पनी साङयोङग आरामदायी गाडी निर्माता कम्पनी क्ग्ख ब्राण्ड हो । उच्च गुणस्तरीय इन्जिनियरद्वारा उत्पादित आधुनिक, आरामदायी तथा उच्च कार्यक्षमताका साथ सन् १९५४ देखि बजारमा उपलब्ध छन् । विभिन्न प्रकारका आधुनिक मोडेलहरुमा आरामदायी कार, Suvs, Pick Up Trucks, MPvs बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री