शुक्रबार, १६ चैत २०८०

प्रियन्का चोपडा यस्तो रुपमा देखिएपछि प्रशंसकले गरे हमला (फोटोफिचर)

समयपोष्ट २०७६ वैशाख २४ गते १३:४५

Advertisement

न्यूयोर्कमा भएको मेट गालामा बलिउड अभिनेत्री दिपीका पादुकोण ,प्रियन्का चोपडा सहभागि भए । दिपिका एक्लै पुगेकी थिइन् भने प्रियन्का पति निक जोनससंगै पुगेकी थिइन् ।

उक्त समारोहमा प्रियन्काले लगाएको पहिरनले सबैको ध्यान खिचिरहेको छ । यो तस्बिर जुन मौकाका हो त्यसलाई कस्ट्युम इन्स्टिच्युट गाला वा मेट बल पनि भनिन्छ ।यो न्यूयोर्कमा मेट्रोपोलेटिन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्यूटको लाभका लागि फन्डरेन्जिङ गाला हो । कस्ट्यूम इन्स्टिच्यूटको वार्षिक फेशन एग्जिबिटको सुरुवात पनि यसैमार्फत् हुन्छ । सेलिब्रिटीले हरेक वर्ष एग्जिबिटको थिम अनुसार पहिरन छान्छन् र लगाउँछन् ।

प्रियंका चोपडाका लागि मेट गाला यसकारण पनि चर्चामा छ किनभने प्रियंका र निकको पहिलो भेट यसै समारोहमा भएको थियो । यो कुरा प्रियंकाले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छिन् ।यो समारोहमा प्रियंकाबाहेक अभिनेत्री दीपिका पादुकोण पनि समावशे भइन् । तर सोसल मिडियोमा दीपिकाको नभई प्रियंकाको अत्यधिक चर्चा भइरहेको छ ।


प्रियंकाको पहिरनमा मानिसहरुले के भने ?

बीबीसी हिन्दीमा प्रियंकाको तस्बिर पोष्ट गरिएको थियो । त्यसमा केही मिनेटभित्रै हज्जारौं बढी प्रतिक्रिया आएको थियो ।

आदिल अली लेख्छन्, ‘यस्तो लाग्छ कि हेलोविन पार्टी हुँदैछ ।’

अनिष लेख्छन्, ‘प्रियंकालाई जोनी लिभरजस्तो देखिएको छ ।’

शिव कुमार गुप्ताले लेखे, ‘प्रियंका भारतबाट त मानिसको रुपमा गएकी थिइन्, भारत छोडेपछि उनलाई के भयो ?’ललित राय लेख्छन्, ‘निक जोनस आफ्नो संस्कृति अनुसरण गरिरहेका छन् । प्रियंका उनको रंगमा रंगिइन् । प्रियंकासँग कुनै गुनासो छैन । यो उनको जीवन हो । तर निकका लागि हल्का ताली बजाउनुपर्छ ।’

मञ्जी नामका प्रयोगकर्ताले लेखे, ‘प्रियंका आफ्नो फेशन सेन्स भारतमा नै बिर्सिएकी छिन् । उनी भारत फर्कनुपर्छ ।’आशिष गुप्ताले लेखे, ‘यो के पागलपन हो । तिमीले त तिम्रा प्रशंसकलाई हमलै नगरी मार्नेछौ ।’

डा. अंशु चौहान लेख्छिन्, ‘यदि फेशन यस्तो हो भने मलाई आफ्नो साधारण जीवनमा घमण्ड छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री