बुधबार, १२ वैशाख २०८१

धितोपत्र बोर्डबाट हिमालयन पावर पार्टनरलाई आर्इपिओ निश्कासनको अनुमति

समयपोष्ट २०७४ जेठ १७ गते ६:४२

हिमालयन पावर पार्टनरले धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति प्राप्त गरेको छ । कम्पनीले धितोपत्र बोर्डबाट एक सय रुपैयाँका दरले २१ करोड ३० लाख ८३ हजार चार सय रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ जारी गर्ने अनुमति प्राप्त गरेको हो । 

Advertisement

अबको केहि समयमानै कम्पनीले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत आइपीओ जारी गर्नेछ ।

चुक्ता पूँजी ८५ करोड २३ लाख ३३ हजार रुपैयाँ रहेको कम्पनीको  आईपीओ जारीपछि  चुक्ता पुँजी एक अर्ब ६ करोड ५४ लाख रुपैयाँ पुग्नेछ । यसैगरी  संस्थापक सेयर समूहको सेयर हिस्सा ७० प्रतिशतमा सीमित हुनेछ ।

यसअघि कम्पनीले लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता (१० प्रतिशत) आइपीओ जारी गरी बाँडफाँड समेत गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री