शुक्रबार, ७ वैशाख २०८१

अब जथाभावी बाटो काट्न नपाईने,नियम तोडे सके दुई सय तिर्नुहोस् नभए तिन घण्टा नियन्त्रणमा

समयपोष्ट २०७४ जेठ १६ गते ८:२६

उपत्यका भित्रका सडकमा जथाभावी बाटो काट्ने र पेटी छोडेर सडकमा हिँड्ने पैदल यात्रुलाई कार्वाही गरिने भएको छ । मंगलबारबाट जेब्रा क्रसिङ, आकाशे पुल, सब-वेको प्रयोग नगरी जथाभावी हिँड्ने पैदल यात्रुलाई ट्राफिक प्रहरीले कार्वाही गर्ने भएको हो । 

Advertisement

महानगरीय ट्राफिक महाशाखाका अनुसार जथाभावी सडकमा हिँड्ने पैदल यात्रुलाई जरिवाना स्वरुप २ सय रुपैयाँ अथवा ३ घण्टा प्रहरी नियन्त्रणमा राखिने छ । जथाभावी बाटो काट्दा तिर्न रकम नहुनेलाई तीन घण्टा प्रहरी नियन्त्रणमा राखिने र ट्राफिक नियमबारे सचेतना कक्षा  लिइने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । 

प्रहरीले जेठ १ गतेदेखि यो ब्यवस्था लागू गर्ने भनेपनि स्थानीय तहको चुनावका कारण लागू गर्न सकेको थिएन ।  दुई महिनाभन्दा बढी जनचेतनाका लागि विभिन्न अभियान चलाएर यसलाई आजबाट लागू गरिएको हो ।

दुर्घटनामा पैदलयात्रु पर्ने क्रम बढ्दै गएपछि सचेतनाका लागि यो नियम ल्याइएको हो । उपत्यकामा हरेक वर्ष हुने दुर्घटनामा  ४० प्रतिशत पैदल यात्रु रहने गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री