बिहीबार, १५ चैत २०८०

चीनले दिएको इन्डक्सन चुल्होको बिक्री सुरु,मुल्य चार हजार

समयपोष्ट २०७४ जेठ १६ गते ६:४६

चीनले अनुदानमा दिएको ‘इन्डक्सन चुल्हो’  टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको कार्यालयबाट बिक्री सुरु गरिएको छ । यसअघि १२ हजार रुपैयाँ कायम गरिएको इन्डक्सन घटाएर ४ हजार रुपैयाँ कायम गरी मंगलबारबाट बेच्न सुरु गरिएको हो । 

Advertisement

नेशनल ट्रेडिङ लिमिटेडको उपत्यका बिक्री वितरण ब्यवस्था कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले आफ्नो बिक्री कक्षबाट इन्डक्सन ४ हजार रुपैयाँ कायम गरी बिक्री सुरु गरिएको जानकारी दिए ।

पहिलो चरणमा चीनबाट आएका १३ सय इन्डक्सन बिक्रीका लागि राखिएको छ । नेपालार्इ नाकाबन्दीको समयमा चिनले १० हजार इन्डक्सन चुल्हो सहयोग गरेको थियो ।

नाकाबन्दीको समय पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य अस्वभाविक रुपमा १२ हजार रुपैयाँ कायम गरिएको थियो । विक्रीमा राखिएका ती इन्डक्सन बिक्री नभएपछि दोस्रो चरणमा ल्याइएका १० हजार इन्डक्सन पनि भन्सार पास नगरी थन्काइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री