बिहीबार, १५ चैत २०८०

नेपालीको प्रतिव्यक्ति १० हजार ८ सय रुपैयाँले बढ्यो

समयपोष्ट २०७४ जेठ १४ गते १०:२४

नेपालीको बार्षिक प्रतिव्यक्ति आम्दानी एक वर्षको अवधीमा एक सय अमेरिकी डलर भन्दापनि वढीले वृद्धि भएको छ । आइतबार  सरकारले व्यवस्थापिका संसदमा पेश गरेको नेपालको आर्थिक सर्वेक्षण अनुसार नेपालीको आम्दानीमा उच्च वृद्धि भएको छ । 
सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले संसदमा पेश गरेको सर्वेक्षण अनुसार यो वर्ष एक सय ५ अमेरिकी डलर अर्थात १० हजार ८ सय रुपैयाँले नेपालीको वार्षिक आम्दानी वढेको हो ।
 यो आर्थिक वर्षमा नेपालीको वार्षिक आम्दानी प्रति व्यक्ति ८ सय ६२ अमेरिकी डलर छ । गत आर्थिक वर्षमा यस्तो आम्दानी प्रति व्यक्ति ७ सय ५७ रुपैयाँ थियो । आर्थिक गतिविधीमा तिव्र रुपमा वृद्धि हुदै गएकाले पनि वार्षिक आम्दानी वढेको अर्थ मन्त्रीले जनाएका छन् ।
यस्तै, चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ९४ प्रतिशत रहने भएको छ । अघिल्लो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ० दशमलव १ प्रतिशत थियो । कृषि क्षेत्रमा ५ दशालव ३२, उद्योगमा १० दशमलव ९७ र सेवा क्षेत्रमा ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर रहेको जनाइएको छ । कुल ग्राहस्थ उत्पादन जिडीपीमा कृषि क्षेत्रको योगदान २९ दशमलव ३७ र गैर कृषि क्षेत्रको योगदान ७० दशकलव ६३ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री