शुक्रबार, ७ वैशाख २०८१

केयुभी-१००को फ्री सर्भिस क्याम्प आजबाट

समयपोष्ट २०७४ जेठ ११ गते ५:१४

महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि ग्रुपले केयुभी-१००को फ्री सर्भिस क्याम्पको आयोजना गरेको छ । ग्राहकहरुको अटुट विश्वास र भरोसालाई निरन्तरता दिनका लागि पहिलो वाषिर्क उत्सवको अवसर पारी उपत्यकामा बिहिबारबाट सुरु गरिएको क्याम्प भोलीसम्म चल्नेछ ।

Advertisement

क्याम्पमा केयुभी १०० गाडीलाई निशुल्क जाँच तथा सर्भिसिङ गरिने छ भने लुब्रिकेन्टमा र स्पेयर पार्टसमा १५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यो सुविधा युनिक आईडल अटोमोविल बालकुमारी र गुड अटोमोविल धुमबाराहीमा उपलब्ध हुनेछ ।

नेपालका युवाहरुलाई लक्षित गरी महिन्द्रा केयुभी-१०० ‘लिभ योङ्ग, लिभ फ्री’ भन्ने नारासहित गतवर्ष नेपालमा भित्रिएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री