शुक्रबार, १६ चैत २०८०

नेपाल बैंक,एनबी बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने मिति आज अन्तिम

समयपोष्ट २०७४ जेठ १० गते ७:२९

नेपाल बैंकले निष्काशन गरेको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले २३.७४ प्रतिशत हकप्रद सेयर ३५ दिन अघि बिक्री खुला गरेको थियो । चैत २८ गतेसम्म सेयर किनेका लगानीकर्ताले नेपाल बैंकको हकप्रद भर्न पाउँछन् । नेपाल बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । 

Advertisement

यसैगरी  ६० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको सिद्धार्थ डेभलपमेण्ट बैंकको हकप्रद भर्ने मिति पनि आज अन्तिम हो । बैंकले हकप्रद मार्फत ६० प्रतिशत चुक्ता पूँजी बृद्धि गर्ने गरि एक करोड ८५ लाख १५ हजार  कित्ता सेयर निष्काशन गरेको हो । सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड रहेको छ ।

त्यस्तै नेपाल बंगलादेश बैंकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने तीन करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । चैत १६ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले बैंकको हकप्रदमा आवेदन गर्न सक्नेछन् । बंगलादेश बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

 

,

प्रतिक्रिया

सम्बन्धित सामाग्री