मंगलबार, ११ वैशाख २०८१

विश्व बैंकले भन्योः जलविद्युतमा अन्तराष्ट्रिय लगानी भित्रयाउन सके नेपालको आर्थिक वृद्धिदर तीव्र गतिमा बढछ्

समयपोष्ट २०७४ जेठ ९ गते १३:५१

विश्व बैंकले विगत ४५ वर्षयता नेपालको आर्थिक वृद्धिदर मध्यमस्तरको रहेको अध्यययन प्रतिवेदन सार्वजनिक गरेको छ।
मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको प्रतिवेदनमा लगानी मैंत्री ऐन/कानुनको अभावमा नेपालका आर्थिक वृद्धिदर तीव्र गतिमा अघि बढन नसकेको निष्कर्ष  निकालिएको छ ।
विश्व बैंकले उत्पादनमूलक क्षेत्रको अवस्था राम्रो हुन नसकेका कारण पनि नेपालको आर्थिक वृद्धिदर उन्नतस्तरमा जान नसकेको स्पष्ट पारेको छ ।

Advertisement

प्रतिवेदनमा नेपालले गरिवी निवारणको क्षेत्रमा भने सफलता हात परेको उल्लेख गरिएको छ । सशष्त्र द्धन्द्धका कारण धेरै मानिसहरुको बसाई सराई सहरी क्षेत्रमा भएकाले करको दायरा बढन गएको र राजस्वमा वृद्धि हुन गएको पनि बैंकले जनाएको छ ।
विश्व बैंकका वरिष्ठ अर्थविद् डामिर कोसिकले नेपालले रोजगारीको अवसर सृजना गर्ने काममा भने विशेष ध्यान दिनुपर्नेमा जोड दिए । बैंकले युवाहरुलाई रोजगार दिन युवा प्रशिक्षण कार्यक्रममा ध्यान दिन पनि नेपाल सरकारलाई सुझाव दिएको छ । विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा अन्तराष्ट्रिय लगानी भित्रयाउन सके आर्थिक वृद्धिदर तीव्र गतिमा अघि बढने विश्वास पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री