शुक्रबार, ७ वैशाख २०८१

भयो स्वदेशी लघुवित्तको आइपिओ बाँडफाँड

समयपोष्ट २०७४ जेठ ७ गते ८:३१

स्वदेशी लघुवित्त कम्पनीको साधारण सेयर  बाँडफाँड भएको छ । बिक्री प्रवन्धक एनएमबि क्यापिटलले एक कार्यक्रम गरी  सर्वसाधारणका लागि खुलाइएको ३ लाख कित्ता आइपिओको बाँडफाँड गरेको हो । 

Advertisement

कम्पनीले ५० कित्तादेखि १ हजार १ सय २० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता बाँडफाँड गरेको छ । त्यसैगरी १ हजार १ सय ३० कित्ता वा सोभन्दा माथिको लागि आवेदन दिनेलाई ०.८३५ का दरले बाँडफाँड गरिएको छ । 

अधिकतम १ हजार ५ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएकाले ति आवेदकले १२ कित्ता पाएका छन् । ९० हजार ८ सय १६ आवेदकमा २५ हजार ३० जनाले सेयर पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री