बिहीबार, १३ वैशाख २०८१

गोर्खा ब्रुअरीद्धारा वगरकोटमा २२ वटा सौर्य बत्ति जडान,शान्ति सुरक्षासँगै आन्तरिक पर्यटनमा समेत सहयोग पुग्ने

समयपोष्ट २०७४ जेठ ७ गते ३:४७

गोर्खा ब्रुअरीले धरानको वगरकोटमा रहेको सोती खोलामा २२ वटा सौर्य बत्ति र चार वटा सीसीटिभी क्यामरा राखेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयस्तरको विकासलार्इ प्राथमिकता उदेश्यले सौर्य बत्ति र  सीसीटिभी क्यामरा राखेको हो । 

Advertisement

कार्यक्रममा कम्पनीका सेल्स निर्देशक काजिमान सुब्बाले यो परियोजनाबाट समाजलार्इ विकासतर्फ अघि बढाउन सहयोग पुग्ने बताए। वगरकोट युवाहरुको चर्चित सार्वजनिक स्थल हो।सोलार र सीसीटिभी क्यामराबाट शान्ति सुरक्षासँगै आन्तरिक पर्यटनमा समेत सहयोग पुग्ने कम्पनीको दाबी छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री