शुक्रबार, १६ चैत २०८०

हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुन्छ : राजदूत पुरी

समयपोष्ट २०७४ वैशाख २९ गते ७:२१

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा सञ्चालित भारतीय सहयोगका विकास योजनामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुने बताएका छन ।
नेपाल–भारत मैत्री युवा सङ्घद्वारा जनकपुरमा आयोजना गरिएको स्वागत एवम् सम्मान कार्यक्रममा बोल्दै उनले भारत सरकारको लगानीमा नेपालका धेरै आयोजना निर्माणाधीन अवस्थामा रहेको बताउँदै निर्माणाधीन अवस्थामा रहेका मध्ये हुलाकी राजमार्ग प्रमुख भएको बताए ।
उनले तराई मधेसका लागि उपयोगी राजमार्गका रुपमा परिचित हुलाकी राजमार्ग निर्माणमा भारतीय सरकारको पनि चासो रहेको बताउँदै आउँदो एक वर्षभित्र हुलाकी सडक सम्पन्न गर्न जोड दिने बताए।
एनले नेपाल र भारतको सभ्यतालाई जोडेर राख्न जनकपुरधामको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपाल र भारतबीचको रेल्वे सञ्चालन आए दुवै देशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री