बुधबार, १२ वैशाख २०८१

वैशाख ३१ मा नेपाली जनताको जीत हुनेछ : प्रधानमन्त्री प्रचण्ड

समयपोष्ट २०७४ वैशाख २७ गते १३:५७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न नसक्ने बताएका छन । राजधानीका विभीन्न ठाउँमा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

Advertisement

‘स्थानीय तह गाउँपंचायत गाविसको परिबर्तित  रुपमा बनाउका लागि हाम्रो धेरै पहलपछि दलहरु आएका छन’ उनले भने ‘मेरो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न सक्ने थिएन ।’ 
चुनावमा देश र जनताको एजेण्डाले जित्नुपर्ने उनले बताए । ‘देशमा ठूला राजनैतिक परीवर्तन भएपनि जनताको जीवन परीवर्तन नहुँदा जनतामा निराशा बढेकोले यो निर्वाचनले जनतालाई उत्साह थपेको छ’ उनले भने ‘वैशाख ३१ मा नेपाली जनताको जीत हुनेछ ।’ 
प्रधानमन्त्री प्रचण्डले अव स्थानीय तह कार्यान्वयनपछि भ्रष्टाचार पनि रोकिने बताए । ‘अव केन्द्रले होईन स्थानीय तहले आफै विकासका काम गर्छ’ उनले भने ‘माथीबाट पैसा पठाउने र भ्रष्टाचार गर्ने प्रबृत्ति अव हुँदैन ।’ 
उनले यो सरकारले हुलाकी सडक, फाष्ट ट्रयाक नेपाली सेनालाई निर्माण गर्न दिएको, लोडसेडिङ्ग अन्त्य गरेको र आर्थिक बृद्धिदर ६.९४ प्रतिशत पु¥याउने लगायतका महत्वपूर्ण काम गरेको बताए । ‘अव आर्थिक बृद्धिदर ७.५ पुग्छ’ – उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री