बिहीबार, १३ वैशाख २०८१

बैंक अफ काठमाण्डूले गर्ने एफपिओ प्रतिकित्ता मूल्य ३१० रुपैयाँ प्रस्ताव

समयपोष्ट २०७४ वैशाख २७ गते १०:४१

बैंक अफ काठमाण्डूले प्रतिकित्ता तीन सय १० रुपैयाँमा एफपिओ गर्न प्रस्ताव गरेको छ। बैंकले धितोपत्र बोर्डलाई गरेको प्रस्तावका विषयमा मंगलवार नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएको हो।

Advertisement

बैंक अफ काठमाण्डुले ६१ लाख ५८ हजार ६७ कित्ता सेयर एफपिओ गर्न प्रस्ताव गरेको छ। कम्पनीले यो सेयरमा दुई सय रुपैयाँ प्रिमियम थपेर तीन सय दश रुपैयाँमा सेयर विक्रिको प्रस्ताव गरेको हो।

 बैंकले यो सेयर विक्रिबाट ६१ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजीसहित एक अर्व ९० करोड ९० लाख रुपैयाँ जुटाउने योजना राखेको छ। बैंकले संस्थापक सेयरको हिस्सा ५१ प्रतिशत पुर्याउनका लागि एफपिओको प्रस्ताव गरेको हो। बैंकले चैत ३ गतेको साधरणसभाबाट साधारणसभाबाट एफपिओ जारि गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री