शुक्रबार, १४ वैशाख २०८१

यस्तो छ काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्धवारहरुको जित्ने दाबी

समयपोष्ट २०७४ वैशाख २४ गते १२:११

यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौं महानगरपालिका मेयरका उम्मेद्धवारहरुले काठमाडौँलाई देशकै नमुना सहर बनाउने प्रतिबद्धता र आफूले जित्ने आधार र दाबी प्रस्तुत गरेका छन् । 
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्धवार राजुराज जोशीले नेपाली काँग्रेस पार्टी नै आफ्नो जित्ने प्रमुख आधार भएको स्पष्ट पारे । 
उनले भने,‘मेरो जित्ने प्रमुख आधार नै मेरो पार्टी हो, काँग्रेसले यो मुलुकको परिवर्तनमा अगुवाई गरेको छ, राणा शासन कसको कारणले गयो ? पञ्चायत गयो, ०४८ सालमा किशुनजीको अगुवाईमा संविधान जारी भयो, त्यसपछि ०६२÷६३ मा जनआन्दोलन पनि काँग्रेसकै कारण सफल भयो, राजतन्त्र समाप्त भयो, म गौरवशाली ईतिहाँस बोकेको पार्टीबाट उम्मेद्धवार छु, मेरो जित्ने आधार नै यही हो नि ।’
जोशीले आफूले लाखौं भोट ल्याएर जित्ने दाबी समेत गरे । उनले थपे,‘हामीसँग यो क्षमता छ, तागत छ ।’
जोशीले काठमाडौं उपत्यकाका भत्केका भौतिक संरचनाको पुनःनिर्माण आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे । उनले भने, “संसारभरको उत्कृष्ट संस्कृति भएको काठमाडौँको संस्कृतिको रक्षाका लागि म दृढ भएर लाग्नेछु ।” उनले महानगरपालिकालाई धुलोरहित बनाउनुका साथै ठाउँठाउँमा मैत्री पार्क निर्माण गर्ने योजना सुनाए । 
जोशीले भने,‘सबैभन्दा पहिले म काठमाडौंलाई धुलोरहित बनाउँछु, छिटो–छिटो म सडक प्याच अप गर्ने काम गर्छु ।’ उनले विपी, गणेशमान, किशुनजी, गिरिजाप्रसाद र सुशिल कोईरालाजस्ता वीर पुरुषहरु रहेको पार्टीबाट दिक्षित र शिक्षित रहेकोलेपनि आफूले गर्न सक्ने काममात्रै बोल्ने स्पष्ट पारे । उनले भने,‘हामी नचाहिने कुरा बोल्दैनौं ।’
त्यस्तै उनले विद्यार्थीहरु नभएका स्कूलहरुलाई आगामी ५ वर्षभित्रमा एकीकृत गरेर गुणस्तरीय र शतप्रतिशत नतिजा दिने बनाउने समेत योजना सुनाए । त्यस्तै ५ वर्षभित्र काठमाडौंमा निःशुल्क ईन्टरनेट उपलब्ध गराउने समेत जोशीको योजना रहेको छ । उनले बाग्मती र विष्णुमतिलाई सफा राख्नेपनि आफूसँग योजना रहेको बताए । उनले थपे,‘नदीनालाहरु हरियाली राख्न सकिए काठमाडौंको सौन्दर्यता हराभर हुनेछ, मसँग स्पष्ट भिजन छ।’
त्यस्तै उनले आफू निर्वाचित भए काठमाडौंबासीहरुलाई मेट्रो उपहार दिने सुनाए । काष्ठमण्डप लगायत प्राचिन सम्पदाहरुको पूर्ननिर्माणको लागि पनि काम गर्ने उनको भनाई थियो । 
उनले काठमाडौंमा काँग्रेस ५० हजार भोटले अघि रहेको समेत दाबी गरे । त्यस्तै उनले वर्तमान सरकारमा काँग्रेसबाट मन्त्री बनेका नविन्द्रराज जोशी र गगन थापाको कामबाट जनताहरु अत्यन्तै प्रभावित भएकोले पनि आफूलाई चुनाव जित्न सजिलो हुने आधार प्रस्तुत गरे । उनले बलियोलाई क
नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले पार्टीले ल्याएको कार्ययोजनाअनुसार महानगरपालिकालाई नयाँ स्वरुप प्रदान गर्ने विश्वास दिलाए । 
उनले आफ्नो जित्ने बलियो आधार नै पार्टीको बलियो संगठन भएको दाबी गरे । उनले भने,‘मेरो जित्ने आधार भनेको नै पार्टीको संगठन हो, म स्वयम् पनि काठमाडौं महानगरपालिकामा नजिक भएर काम गरेको व्यक्ति हुँ, त्यस्तै एमालेले राष्ट्र र राष्ट्रियताको लागि जुन आफ्नो अडान लिएको छ, यो पनि मेरो जित्ने आधार हो, किनकी जनता अहिले एमालेको पक्षमा छन्।’
शाक्यले महानगरलाई २४ घन्टा खुला बनाउने वाातावरण आफूले बनाउने समेत दाबी गरे । उनले भने,‘काठमाडौँलाई पर्यटकीय आकर्षकको प्रमुख गन्तव्य बनाउँछु, महानगरलाई समृद्ध, सुन्दर र जीवन्त बनाउँछु।’
त्यस्तै उनले काठमाडौंमा देखिएका यातायात तथा फोहोरमैलाका समस्यालाई यथाशिघ्र चाँडो समाधान गर्ने समेत दाबी गरे । ०७२ को महाभुकम्पबाट ध्वस्त बनेका काठमाडौंका सम्पदाहरुको पूर्ननिर्माण गर्ने समेत उनले योजना सुनाए । 
त्यस्तै उनले निःशुल्क शिक्षा, स्वास्थ्यको सुविधा महानगरवासीहरुलाई प्रदान गर्ने उद्देश्यले महानगरको छुट्टै विश्वविद्यालय र अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । शाक्यले काठमाडौंमा ठूला–ठूला कार्यक्रम तथा सभा गर्नको लागि मेगा हल निर्माण गर्ने समेत विश्वास दिलाए । त्यस्तै अन्र्तराष्ट्रिय स्तरको खेलकुद स्टेडियम बनाउने समते प्रतिबद्धता शाक्यले जनाए । 
शाक्यले आफू निर्वाचित भए काठमाडौंलाई आधुनिकिकरण गर्ने जस्तो पार्क बनाउने, फ्रि–वाईफाईको व्यवस्था गर्ने, ई–लाईब्रेरीको सुविधा दिलाउने, सिसिटिभीको व्यवस्था गर्ने प्रतिबद्धता सार्वजनिक गरे । 
त्यस्तै रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्धवार किशोर थापाले आफ्नो अध्ययन र अनुभव नै सहरी विकास भएकोले काठमाडौंको विकासको लागि आफू उपर्युक्त व्यक्ति भएकोले उम्मेद्धवारी दिएको स्पष्ट पारे । 
उनले भने,‘मेरो फिल्ड नै सहरी विकास हो, यही फिल्डमा मैले ३२ वर्ष लामो समयसम्म काम गरेको छु, नीतिगत तहमा रहेर काम गरेको छु, विभिन्न मन्त्रालयमा सचिव भएर काम गरेको छु।’
आफूले नेपालको राजनीतिलाई समेत नजिकबाट नियाँलेको बताउँदै नयाँ राजनीतिक विचारधारा बोकेर आएको पार्टी साझा पार्टीको तर्फबाट स्वतन्त्र हैसियतमा क्यामेरा चुनाव चिन्ह लिएर उम्मेद्धवारी दिएको स्पष्ट पारे । उनले आफू निर्वाचित भए काठमाडौंको सम्पदाहरुलाई पूर्नजीवन दिने, विकास गर्ने, आधुनिकिरण शहर निर्माण गर्ने योजना सुनाए । 
त्यस्तै उनले मेयरलाई हरेक दिन सराप्न नपरोस भन्दै उपर्युक्त व्यक्तिलाई मेयर बनाएर पठाउन काठमाडौंवासीहरुसँग आग्रह गरे । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री