बिहीबार, १३ वैशाख २०८१

कांग्रेस-माओवादीबीच ४ वटै महानगरपालिकामा चुनावी तालमेल

समयपोष्ट २०७४ वैशाख २१ गते १२:०३

सत्तारुढ दुई ठूला दल काँग्रेस र माओवादी केन्द्रले काठमाडाैसहित ४ वटै महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका छन ।
काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा काँग्रेस र ललितपुर,भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई दिने सहमति भएको हो । 
विहिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा संचारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा काँग्रेस तथा ललितपुर र भरतपुरको मेयरमा माओवादी केन्द्रलाई छोडने सहमति भएको बताए ।

Advertisement

सहमति अनुसार अव माओवादी केन्द्रले काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मेयरको उम्मेदवारी फिर्ता लिने र नेपाली काँग्रेसले ललितपुर र भरतपुरमा मेयरको उम्मेदवारी फिर्ता गर्नुपर्नेछ । महानगरपालिकाका वडा तहमा गर्ने तालमेलको विषय भने सम्बन्धित प्रदेश तहबाटै टुंगो लगाउने सहमति पनि भएको छ । नेपाली काँग्रेसले काठमाडांै महानगरपालिकाको मेयरमा राजुराज जोशीको उम्मेदवारी मनोनयन गरेको थियो भने नेकपा माओवादी केन्द्रले सर्वोतम डंगोलको उम्मेदवारी मनोनयन गरिएको छ ।
त्यसै गरी पोखरा लेखनाथ महानगरमा काँग्रेसले मेयरमा रामजी कुँवर र माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछानेको उम्मेदवारी मनोनयन गरिएको छ ।
भरतपुर महानगरपालिकामा काँग्रेसले दिनेश कोइरालालाई मेयरको उम्मेदवारी दिएको थियो भने नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुका दाहाललाई मेयरको उम्मेदवारी बनाएको थियो ।
ललितपुरमा काँग्रेसले चिरीबाबु महर्जनलाई मेयरको उम्मेदवार बनाएको थियो भने माओवादी केन्द्रबाट दिपेश महर्जनलाई मयेरको उम्मेदवार बनाइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री