शुक्रबार, ७ वैशाख २०८१

नेपाल एसबिआई बैंकले हकप्रदका लागि बुकक्लोज मिति तोक्यो

समयपोष्ट २०७४ वैशाख १८ गते ६:५२

नेपाल एसबिआई बैंक लिमिटेडले चुक्तापूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको लागि बैशाख २६ गते बुक क्लोज गर्ने  निर्णय गरेको छ।  बैशाख २५ गते सोमबारसम्म बैंकको सेयरधनी बनेका लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन् ।बैंकले चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३.६० कित्ता हकप्रद जारी गर्न लागेको हो ।

Advertisement

हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरिसकेको छ । हाल बैंकको चुक्ता पूँजी चार अर्ब ९७ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ८७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैँया कायम गरेको छ । एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री