बिहीबार, १३ वैशाख २०८१

बलिउड डेब्यु गर्ने तयारीमा शाहरुखकी छोरी सुहाना खान, हेर्नुहोस् उनको हट अवतार (फोटोफिचर)

समयपोष्ट २०७५ जेठ ८ गते ९:४३

शाहरुख खानकी छोरी सुहाना खानको आज जन्मदिन परेको छ । सन् २००० को मे २२ तारिखमा जन्मिएकी उनको आमा गौरी खानले इन्स्टाग्राममा ग्ल्यामरस फोटो सेयर गरेकी छिन् ।

Advertisement

अभिनयमा रुची राख्ने सुहाना चाँडै नै बलिउडमा प्रवेश गर्दैछिन् । सो कुरा उनकी आमा गौरीले केही समय अघि एक कार्यक्रममार्फत सार्वजनिक गरेकी थिइन् ।

गौरीलाई एक अवार्ड कार्यक्रममा छोरी सुहानाबारे प्रश्न सोध्दा उनले भनेकी थिइन्, ‘सुहाना आजकाल एक म्यागजिनको फोटोसुटको तयारीमा बिजी छिन् ।’

यद्यपी, उनले म्यागजिनको नाम भने सार्वजनिक गरेकी छैनन् । सुहाना जुन म्यागजिनको कभरमा देखिन लागेकी छिन् त्यो अर्को महिना बजारमा उपलब्ध हुने बताइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री