शनिबार, ८ वैशाख २०८१

श्रीमानसंगै देखिएकी नेहाले क्यामरा देख्ने बित्तिकै किन लुकाइन् अनुहार ?

समयपोष्ट २०७५ जेठ ७ गते ७:०४

बान्द्रामा नेहा धुपिया श्रीमान् अंगद बेदीका साथ देखिईन् । तर जब उनले क्यामरा देखिन् उनले आफ्नो अनुहार लुकाईन् ।

Advertisement

मेकअप गरेकी थिइनन् त्यसकारण आफ्नो नो मेकअप लुकलाई उनी सबैबाट लुकाउन चाहन्थिन् । यद्यपी, कारमा बसेपछि भने नेहा सहज भएकी थिइन् । उनले क्यामरालाई पोजसमेत दिइन् । नेहाले दुबै हातमा रातो चुरासँगै वान पिस लगाएकी थिइन् ।

अंगद भने क्याजुअल लुकमा देखिए । यी दुई केही दिन अघि अमेरिकाबाट फर्किएका हुन् । नेहा र अंगदले मे १० तारिखमा दिल्लीको गुरुद्वारामा सिख रीति–रिवाजमा विवाह गरेका थिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री