शनिबार, ८ वैशाख २०८१

छोटो स्कर्टले विवादित बनेपछि करिष्मा आक्रोसित

समयपोष्ट २०७५ जेठ ६ गते ११:००

नायिका करिश्मा मानन्धर पहिरनका कारण विवादित बनिन् । केही दिनअघि छोरी कविताले अभिनय गरेको फिल्मका बारेमा आयोजित पत्रकार सम्मेलनमा छोटो वानपिसमा करिष्मा पुगेपछि उनी उनी विवादतको घेरामा तानिईन् ।

Advertisement

उनको ड्रेसअपको बिषयमा मिडियामा गसिपहरु आएपछि करिष्माले निकै आक्रोसित बनेकी छिन् । उनले सामाजिक सञ्जालमा आफ्नो पहिरनबारे स्पष्टिकरण दिएकी छिन् । उनले आफुले लगाएको पहिरन अधवैंशे महिलाले लगाउने पोशाक भन्दै लेखेकीछिन् यो पहिरन झण्डै सात वर्ष पुरानो हो । यो विशेषगरी अधवैंशे महिलाहरुले लगाउने गर्छन् । तर खोइ के हो, केही मानिसहरुको आँखामा के जडान गरेको हुन्छ कुन्नी । अझ कबु (छोरी कविता) ले त ममी यस्तो हजुरआमाको ड्रेस नलगाउ भनिरहेकी थिइन् ।’

आफ्नो पहिरनमाथि टिप्पणी गरेर पत्रकारहरुले आफ्नो निजी स्वतन्त्रतामाथि हमला गरेको करिश्माको आरोप छ ।

अर्को पोष्टमा उनले लेखेकी छिन्, ‘एक्काइसौं शताब्दीको दोस्रो दशकमा आइपुग्दा पनि स्वतन्त्र देशमा एउटा नागरिकले आफूले चाहेको खान, लगाउन र बोल्न नपाइने ? ठीक छ, मैले लगाएको पहिरन गलत भयो होला, त्यसबारे टिप्पणी गर्नुस् तर मेरो बोल्ने शैली, उमेर, मेरा रहर, मैले पूरा गर्न खोजेको इच्छा हरेक कुराको हाँसो बनाएर के पाउनुहुन्छ ? के यो कोर्ट र स्कर्ट मैले घरमा बस्दा लगाउनु ?’

उनले ‘सम्पूर्ण नारीजाति माथि हुने पित पत्रकारिताको सम्मानस्वरुप’ भन्दै शिरदेखि पाउसम्म कालो पोशाक लगाएको आफ्नो फोटो पोस्ट गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री