बिहीबार, १३ वैशाख २०८१

विवाहको रिसेप्सनमा सासू डायनाको औंठी लगाएर पुगिन् मेगन (फोटोफिचर)

समयपोष्ट २०७५ जेठ ६ गते ६:०८

बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिए ।

Advertisement

बिवाहपछि साँझ फ्रोगमोर हाउसमा आयोजित रिसेप्सनमा नव दुलही मेगन मर्केल दिवंगत सासू डायनाको अक्वामरिन औंठी लगाएर राजकुमार ह्यारीका साथ रिसेप्सनमा पुगिन् ।

यि नव जोडी सन् १९६८ मा बनेको इलेक्ट्रिक कारमा चढेर रिसेप्सन स्थल पुगेका थिए । उक्त कारको नम्बर प्लेटमा विवाहको मिती राखिएको थियो ।

मेगनले बेलुका लगाएको हाईनेक गाउन स्टेला म्याक कार्टनीले तयार गरेकी हुन् भने उनले सिल्की स्याटिनको अक्वाजुर्रा जुत्ता लगाएकी थिइन् ।

उनको कपाल जर्ज नर्थवुडले डिजाइन गरेका थिए । रिसेप्सन पार्टी बेलुका ७ः१५ बाट सुरु भएको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री