बिहीबार, १३ वैशाख २०८१

एमाले र माओवादीले भोली नै पार्टी एकता गर्ने, दुवै पार्टी आकस्मीक बैठकमा

समयपोष्ट २०७५ जेठ २ गते १०:३२

मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् ।

Advertisement

बुधबार बिहान बालुवाटारमा भएको भेटवार्ताले संभवत भोली नै पार्टी एकता गर्नै मोटामोटी सहमति भएको छ । २०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी ज्यान गएको थियो ।

पार्टी एकताका लागि चुनामवमा एउटै राजनीतिक मुद्दा बनाएर लडेका पार्टीबीच केही राजनीतिक बाँडफाँडका विषयमा कुरा मिल्न बाँकी थियो । पार्टी एकता गर्न केही ढिलाइभइरहेका बेला बुधबार बिहान ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो ।

मदन भण्डारीको शालिकमा बिहीबार विहान ७ बजे दुवै पार्टीका नेताले माल्यापर्ण गर्नेछन् । त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ ।

सम्भव भए भोलि नै ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ । आमसभा भने केही दिनपछि गरिनेछ ।

पार्टी एकताको विषयलाई लिएर दुबै पार्टीले आन्तरिक बैठक बोलाएका छन् । नेकपा एमालले अपरान्ह ४ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको छ भने माओवादी केन्द्रले पनि सोहि समयमा पार्टी कार्यालयको विस्तारित बैठक बोलाएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक

पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको छ ।

पार्टी एकताको विषयमा विभिन्न खालका टीका/टिप्पणी आइरहेको बेला पार्टी एकता गर्न कै लागि केन्द्रीय कमिटीको नवौँ बैठकले केही निष्कर्ष निकाल्नेछ । पार्टी एकताको मिति घोषणा गर्ने कमिटीको सम्भवतः त्यो अन्तिम बैठक पनि हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री