मंगलबार, ११ वैशाख २०८१

५१ बर्षे सुन्दरता

समयपोष्ट २०७५ जेठ २ गते ४:२०

बलिउड अभिनेत्री माधुरी दीक्षित ५१ वर्षकी भएकी छिन् । सन् १९६७ मे १५ मा मुम्बईमा जन्मिएकी माधुरी ३४ वर्षदेखि अभिनयमा सक्रिय छिन् ।

Advertisement

स्टाइलिस हिरोइनमा पर्ने माधुरी फिल्मका लागि जस्तोसुकै मिहिनेत गर्न पछि पर्दिनन् । उनले फिल्ममा निकै महँगा र स्टाइलिस ड्रेस लगाएकी छिन् ।

सन् २००२ मा रिलिज भएको सञ्जयलीला भन्सालीको देवदास फिल्मको ‘काहे छेडे मोहे’ बोलको गीतमा मात्रै उनले झन्डै ३० किलो तौलको लेहेंगा पहिरिएकी थिइन् ।

त्यति गह्रुँगो ड्रेस लगाउँदा पनि उनले निकै सहज तरिकाले आकर्षक डान्स गरेकी थिइन् । उनले लगाएको त्यो लेहेंगाको मूल्य करिब २० लाख भारु भएको बताइन्छ ।

देवदासमा माधुरीले चन्द्रमुखीको चरित्र निर्वाह गरेकी थिइन् । फिल्ममा माधुरीका साथै शाहरुख खान र ऐश्वर्या राय मुख्य भूमिकामा छन् । झन्डै ४४ करोड भारुमा निर्माण भएको देवदासले त्यतिवेला डबल अर्थात् ८८ करोड भारु कमाइ गरेको थियो ।

माधुरी केही वर्षयता अभिनयमा सक्रिय छैनन् । तर, टिभी कार्यक्रममा भने उनी प्रस्तुत भइरहन्छिन् । यो उमेरमा पनि माधुरीको सुन्दरताको चर्चा हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री