शुक्रबार, १२ मंसिर २०७७

मैथलीमा प्रधानमन्त्री ओलीले गरे यस्तो ट्विट

समयपोष्ट २०७५ जेठ १ गते ११:३१

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ का प्रतिनिधिसभा सदस्यरुले बुझाएको ज्ञापनपत्र बुझेका छन् । ज्ञापनपत्र बुझेलगत्तै मैथली भाषामा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिञ्चाई तथा डुबान लगायतका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् ।

Advertisement

ओलीले आगामी आर्थिक वर्षको बजेटमा तराई–मधेसका विकास र समृद्धिका चाहनालाई सम्बोधन गरी बजेट ल्याउन सरकार तयार रहेको उल्लेख गरेका छन् । ट्विटमा २ नम्बर प्रदेशको सर्वदलीय प्रतिनिधिमण्डलसँग भेटले निकै खुसी तुल्याएको समेत उल्लेख छ ।

मंगलबार प्रदेश नम्बर २ का प्रनिधिसभा सदस्यहरुले प्रधानमन्त्री ओलीसमक्ष आगामी बजेटमा कृषि, उद्योग, पर्यटन,यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण, शिक्षा तथा खेलकुलगायत विभिन्न २४ वटा विषय समावेश हुनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री