शुक्रबार, १६ चैत २०८०

काठमाडौं क्षेत्र नं. ५ मा बन्ने भयो जेष्ठ नागरिक आवास केन्द्र

समयपोष्ट २०७५ वैशाख ३० गते १०:४५

रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा जेष्ठ नागरिक आवास केन्द्र बनाउने बताएका छन् । आज अन्तर्राष्ट्रिय लाइन्स क्लवद्वारा राजधानीको धुम्बाराहीमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा उनले भने,‘म सबै जेष्ठ नागरिकलाई साक्षी राखेर भन्न चाहन्छु, मेरो यो कार्यकालमा एउटा राम्रो खालको जेष्ठ नागरिक बस्न सक्ने, त्यहाँ आएर आराम गर्ने सक्ने एउटा एउटा महत्वपूर्ण केन्द्र बनाउने योजना छ’ रक्षामन्त्री पोखरेलले भने ‘त्यसका लागि स्थानीय तहका साथीहरुले आवश्यक सहयोग र समन्वय चाहिन्छ । त्यो भवन निर्माण गर्ने जिम्मा अव हाम्रो भयो ।’

Advertisement

मन्त्री पोखरेलले जेष्ठ नागरिकलाई वृद्धभत्ता मार्फत सम्मान गर्नुपर्छ भन्ने मनमोहन अधिकारी नेतृत्वको सरकारले सिकाएको संस्कारले नयाँ पुस्तालाई अभिप्रेरणा गरिरहेको समेत उल्लेख गरे ।

कार्यक्रममा मन्त्री पोखरेलले योगदानमा आधारित सामाजिक संरक्षणका कार्यक्रममार्फत जनताको हितमा काम गर्ने अठोट समेत व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री