शनिबार, ८ वैशाख २०८१

आणविक परीक्षणस्थल नष्टगर्ने उत्तर कोरियाली घोषणाको दक्षिणद्वारा स्वागत

समयपोष्ट २०७५ वैशाख ३० गते ९:२२

आणविक हतियारहरुको परीक्षण गर्ने गरिएको स्थल भत्काएर नष्टगर्ने भनी उत्तर कोरियाले गरेको घोषणाको दक्षिण कोरियाले स्वागत गरेको समाचार छ ।

Advertisement

उक्त स्थल भत्काउन लागिएको र त्यसका लागि केही विदेशी विज्ञहरुलाई समेत आमन्त्रण गर्न सकिने जानकारी उत्तर कोरियाले दिएको थियो ।

शनिबार मात्र उत्तर कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनएले सो जानकारी दिएको छ । यही मे २३ देखि यस्तो कार्यको सुरुआत गरिने जानकारी उक्त समाचार समितिले दिएको हो ।

आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपको शान्तिका विषयमा वार्ता हुदैछ ।

विगत लामो समयदेखि उक्त प्रायद्वीपमा रहँदै आएकोे तनावलाई अन्त्यगर्ने उद्देश्यका साथ हुने सो शिखर सम्मेलनलाई मार्ग प्रशस्त गर्न उत्तर कोरियाले केही सकारात्मक कदम चालेको छ ।

उक्त कदममध्येको आणविक परीक्षण गर्ने स्थललाई भत्काउने पनि एउटा सकारात्मक कार्य हो । उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्ने प्रक्रियालाई अघि बढाएको समाचार यसअघि नै आएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसका एकजना प्रवक्ताले उत्तर कोरियाको उक्त कदमको स्वागत गरेको बताउनुएको छ ।

उहाँले आइतबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा आणविक विषय नै उत्तर कोरियासँगको प्रमुख विषय हो, त्यसैले यस विषयमा आएका सकारात्मक क्रियाकलापहरुले आगामी दिनका लागि पनि मार्ग प्रसस्त गर्ने बताउनुभयो ।

आगामी केही दिनमा उत्तर कोरियाली आणविक हतियार परीक्षणस्थलको नष्ट गर्ने प्रक्रिया अन्तर्गत विदेशी सञ्चारमाध्यमलाई बोलाइने र यसले उक्त कामको अनुगमन गर्नेछ ।

चीन, रूस, संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण कोरियाका सञ्चारकर्मीलाई आणविक हतियार परीक्षणस्थल नष्ट गरेका समाचार रिपोर्टिङका लागि अनुमति दिइने विदेश मन्त्रालयले जनाएको छ ।

आगामी महिना सिङ्गापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको वार्तालाई विश्वमा नै निकै चासोका साथ हेरिएको छ ।

यसअघि उत्तर कोरियाली नेता उनले चिनियाँ राष्ट्रपति सि चिनफिङ्सँग दुई पटकसम्म भेटवार्ता गर्नुभएको छ । त्यसैगरी उहाँले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

भेटवार्ताका अतिरिक्त यी दुई कोरियाबीचमा कोरियाको विभाजनपछि पहिलो पटक शान्ति सम्झौता पनि भएको छ । दुई देशबीच युद्ध नगर्ने भनी गरिएको यस युद्धविरामबाट कोरियामा शान्तिको आशा पलाएको छ ।रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री