मंगलबार, ११ वैशाख २०८१

उत्तर कोरियाले सम्पुर्ण परमाणु परिक्षण स्थल ध्वस्त पार्ने

समयपोष्ट २०७५ वैशाख ३० गते ६:१२

उत्तर कोरियाले हप्तादिन भित्र परमाणु परिक्षण स्थल नष्ट गर्ने भएको छ । शनिबार उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केसी एनएले २३ देखि २५ मे भित्र उत्तर कोरियाले पत्रकारहरुको उपस्थितीमा परमाणु स्थल नष्ट गर्न लागेको जानकारी दिएको हो ।

Advertisement

उत्तर केरियाली नेता किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रपसंग भेट हुनुभन्दा करी तीन हप्ता पहिले उत्तर कोरियाले परमाणु परिक्षण स्थल नष्ट गर्ने बिबिसिले जनाएको छ ।

गत बर्षको सेप्टेमबरमा उत्तर कोरियाली बैज्ञानीहरुसंग परमाणु परिक्षण स्थलका केही हिस्सा ध्वस्त भएको जनाएको थियो ।
मौसम अनुकुल पारेर पुंगारी पर्वतमा रहेको सबै परमाणु स्थल बिष्फोटक पदार्थको माध्यमबाट ध्वस्त गरिने छ । परमाणु स्थल नष्ट गर्नुपुर्व त्यहाँ रहेको निगरानी ब्यवस्था शोध ब्यवस्था र सुरक्षा चौकी समेत हटाईने छ ।

अमेरिका ,कोरिया,चाईना ,रसिया र बेलायतका पत्रकारहरुको उपस्थितीमा परमाणु परिक्षण स्थल ध्वस्त गरिने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रप र उत्तर कोरियाली नेता उनको भेट १२ जुन सिंगापुरमा तय गरिएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री