शनिबार, ८ वैशाख २०८१

राम र सिताको डिभोर्स भइसक्यो, के को ज्वाई ?

समयपोष्ट २०७५ वैशाख २९ गते २:०१

कुशुम भट्टराई

Advertisement

अयोध्याका रामले हाम्री जानकी मातालाई विहे गरेर लगी कम्ती दुःख दिएनन् । बनबास, रावणको हरणको दुःख त आफ्नो ठाउँमा थियो, जाबो एउटा धोबीको कुरा सुनेर सिताको चरीत्रमाथि प्रश्न उठाए ।

सितालाई अग्नी परिक्षा दिन लगाए । अहिले सम्झदा पक्कै पनि उनलाई आगोमा हिँडन भनिएको होला र आगोमा हिँडदा कति पोल्यो होला, रोइन होली । तर, त्यसबाट बाँचीन् होली । आगोमा ज्यान डढेर कुरुप भयो होला, त्यसैले रामको उनीप्रतिको मोह घटयो होला ।

कथा त रामलाई नै महान बनाउने खालको छ । तर, त्यो अग्नी परिक्षा रामको क्रूर यातना थियो । त्यतिले मात्र नपुगेर अयोध्याबाटै निकाले । घरबाटै निकाले । के आफुलाई मर्यादापुरुषोत्तम भन्ने राममा आफ्नी भार्या सिता के कति सति साबित्री हुन्, के कति चरीत्रबान छिन भनेर ठम्याउने ज्ञान र विवेक थिएन ? अझ, विष्णुका अन्र्तयामी अवतारलाई त सबै थाहा हुनुपर्ने नी ।

अरुको कुरा सुनेर पत्नीलाई घरबाट निकाल्ने पुरुष कसरी मर्यादा पुरुषोत्तम ? आज मोदीको भाषणमा यसबारेमा पनि जाओस् ।

हाम्री सिता मातालाई जनकले दुःखीया घरमै दिए। सिता माता धर्ती फाटेर त्यसैमा बिलिन भइन् भन्ने कथा छ । मेरो अनुमानमा पतिको अत्याचार सहन नसकी त्यतिबेला सिताले कुनै खाइ या गहिरो कुवामा हामफालेर आत्महत्या गरेको हुनसक्छ । सिता र रामको यो कथामा हामीले रामको महिमा गाउनु जरुरी छैन ।

महिमा त जानकीको गाउने हो । हामी जनकपुरका बासीन्दा हौं, हामी माइती खलक हौं । त्यसैले नेप्रेको, हेपाहा, हाम्री चेलीलाई दुःख दिने कथित ज्वाइको गुनगान किन गाउने ? तिनै ज्वाइको देशबाट आउने घामटहरुलाई पनि अभिनन्दन गर्नु के दरकार ? हामी माइती खलक हौं र सिताले रामसँग उहील्यै ‘डिभोर्स’ गरिसकेकाले उताबाट आउने ज्वाइ स्वाई हामीलाई बाल मतलब छैन । भट्टराईको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री