शुक्रबार, १४ वैशाख २०८१

प्रदेशको समृद्धिका लागि क्रियाशील हुनुपर्ने– मुख्यमन्त्री राई

समयपोष्ट २०७५ वैशाख २८ गते १२:१८

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गैरसरकारी संस्थाले जनतालाई प्रदेशको आर्थिक समृद्धिका लागि क्रियाशील बनाउनुपर्ने बताउनुभएको छ ।

Advertisement

प्रदेश नागरिक सम्मेलन तथा गैसस महासंघ प्रदेश नं १ को समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले समयमै कानून निर्माण गरी विकासका पूर्वाधार तयार गरी जनतालाई समृद्धिको अनुभूति गराउने कार्यमा अगाडि बढेको विश्वास दिलाउनुभयो ।

कार्यक्रममा प्रदेशको समृद्धिका सम्भावना र प्राथमिकता, दिगो विकास लक्ष्यसम्बन्धी सम्वाद, विपद व्यवस्थापनका अवस्था, चनौती र सम्बोधन, नागरिक संगठनहरुको मार्गचित्र, सवलीकरण, व्यवस्थापन, प्रदेश तहमा कानूनी व्यवस्था, वालवालिका शान्ति क्षेत्र र विकासमा समावेशीकरणको अवस्था लगायत विषयमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

दुई दिने सो अधिवेशनमा प्रदेशको १४ जिल्लाका ४२ संस्थाका ३५० जनाले नयाँ नेतृत्व र विराटनगर घोषणा जारी गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री