शुक्रबार, ३० जेठ २०८२

हावाहुरीबाट ज्यान गुमाएको परिवारलाई १ लाख राहत दिने सरकारको निणर्य

समयपोष्ट २०७५ वैशाख २६ गते १५:१०

मन्त्रीपरिषद् बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएको परिवारलाई राहत स्वरुप १ लाख नगद र आवास निर्माणका लागि तत्काल २ बण्डल जस्ता उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निणर्य गरेको हो ।

Advertisement

बैठकले गत असार, साउनमा बाढि र डुवानमा परेकाहरुलाई राहत दिन १ अरब रकम निकासा पनि गरेको छ । प्रधानमन्त्री राहत कोषबाट गृह मन्त्रालयमा सो रकम निकासा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पीडितलाई वितरण गर्ने व्यवस्था समेत गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएको परिवारलाई राहत स्वरुप १ लाख नगद र आवास निर्माणका लागि तत्काल २ बण्डल जस्ता उपलब्ध गराउने निर्णय पनि गरेको बास्कोटाले जानकारी दिए ।

यसैगरी सरकारले मंगलबार राति तराईका धनुषा, महोतरी र सिरहा जिल्लामा परेको भिषण असिना पानीले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख धनजनको क्षतिप्रति गहिरो दुःख समेत व्यक्त गरेको छ ।

सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धि नीतिगत मार्गदर्शन, २०७५’ लाई पनि स्विकृत गरेको छ । विकास, निर्माणको काममा बजेट बढाउन र उनुत्पादक क्षेत्रको खर्च कटौति गर्ने उद्देश्यका साथ यो मार्गदर्शन ल्याउनु परेको पनि राज्यमन्त्री बास्कोटाले स्पष्ट पारे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री