बिहीबार, १३ वैशाख २०८१

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

समयपोष्ट २०८० जेठ १७ गते १३:०९

Advertisement

बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला पन्ध्र सय रुपैयाँले बढ्दै उच्च विन्दु कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री