शुक्रबार, १४ वैशाख २०८१

नयाँ बजारको स्कुल होस्टलभित्र बालक मृत फेला

समयपोष्ट २०८० जेठ १७ गते १२:०२

Advertisement

काठमाडौं नयाँ बजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र बालक मृत फेला परेका छन् ।

धादिङ घर भएका सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालक अभिषेक तामाङ झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यले आफूहरू घटनास्थल नपुग्दै विद्यालय प्रशासनले हतार हतार शव पोस्टमार्टमका लागि अस्पताल लगेको आरोप लगाएको छ । बालकका अभिभावक, आफन्त र स्थानीय भेला भएर स्कुलविरुद्ध नाराबाजी गरेका छन् । उनका बुवा छैनन् आमा साइप्रसमा काम गर्दै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री