शनिबार, ८ वैशाख २०८१

पशुपति विकास कोषको जग्गा अपचलनमा मुछिएपछि मन्त्री किराँतीले भने- घुस नखाँदा पापीहरू बौलाउन थाले

समयपोष्ट २०८० जेठ १४ गते ११:४३

Advertisement

पशुपति विकास कोषको जग्गा अपचलनमा आफ्नो नाम मुछिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् ।

मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला, प्रमाणित गर म एक मिनेट बस्दिन । मन्त्रीजस्तो मान्छेले कसलाई घुस खुवाउनुपरेको हो र कसले घुस दिएका हुन् भन्ने विषय सार्वजनिक गर्न उनलाई चुनौती थपिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री