बिहीबार, १३ वैशाख २०८१

यूनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीको आजदेखि संयुक्त कारोबार

समयपोष्ट २०८० जेठ १४ गते १०:०९

Advertisement

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले आजदेखि संयुक्त कारोबार गर्ने भएका छन् ।

आजबाट युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ । दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

दुई कम्पनी बीचमा १०० बराबर ८२.५ को स्वाप रेसियोमा मर्जर भएको हो । अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।

मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको अध्यक्ष अजाद श्रेष्ठ रहने छन् । प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एसके रावललाई नियुक्त भएका छन् ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड रहेको छ भने अजोडको चुक्ता पूँजी १ अर्ब रहेको छ । मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री