बिहीबार, १३ वैशाख २०८१

भारत भ्रमणअघि प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री लगायतसँग परामर्श लिने

समयपोष्ट २०८० जेठ १४ गते ९:४३

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् ।

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री लगायतसँग सामूहिक छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी लिए ।

आचार्यका अनुसार २ बजेबाट सुरु हुने पहिलो चरणको छलफलमा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्व परराष्ट्र मन्त्री लगायत सहभागि हुनेछन् ।

३ः३० बजेबाट सुरु हुने दोस्रो चरणको छलफलमा पूर्व परराष्ट्र मन्त्रीहरू तथा भारतका लागि पूर्व नेपाली राजदूत सहभागि हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री