शनिबार, ८ वैशाख २०८१

मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छालाई

समयपोष्ट २०८० जेठ १३ गते १९:४३

Advertisement

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जित्न सफल भएकी छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न प्रतियोगितामा अन्तिम २३ प्रतिस्पर्धीलाई उछिन्दै प्रधानले मिस नेपाल वर्ल्डको उपाधि जित्न सफल भएकी हुन् ।

उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस्/साइन्स मा स्नातक छन् ।

त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । दाङकी मजगैया कमर्सियल पाइलट हुन् भने ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् ।

उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री