शुक्रबार, १६ चैत २०८०

भारतमा बिजुली निर्यात पुन: सुरु

समयपोष्ट २०८० जेठ १३ गते १४:४७

Advertisement

नेपाल विद्युत प्राधिकरणले आजबाट भारततर्फ बिजुली बिक्री गर्न सुरु गरेको छ ।

नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

शनिबार प्राधिकरणले १०० मेगावाट विद्युत् भारत निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको भट्टराईले जानकारी दिए । ‘शनिबार हामीले करिब १ सय मेगावाट जति बिजुली भारत पठाएका हौं,’ उनले भने ‘अब केही दिन प्रसारण लाइनको अवस्था जाँचका लागि निर्यात गर्देनौँ । सोपश्चात बढी भएमा निर्यात गर्ने हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री