शुक्रबार, १६ चैत २०८०

‘आइएमई पे’ को नयाँ अफर : रु १ को खेल आइएमई पे एपमा

समयपोष्ट २०८० जेठ ११ गते १७:०६

Advertisement

आइएमई पे ले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमारु १ मा के ब्यानरमा गइ खेल्न सक्ने कम्पनीले जनाएको छ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु। १ तिरी सो खेल खेल्न सक्ने छन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री