शुक्रबार, ७ वैशाख २०८१

नेशनल लाइफ र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

समयपोष्ट २०८० जेठ ११ गते ८:२३

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ।

नेप्सेले नेशनलको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने प्रभुको ९.८० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात नेशनल लाइफको शेयरमूल्य ६०१ रुपैयाँ ६७ पैसा र प्रभु लाइफको ४२८ रुपैयाँ ५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा नेशनल लाइफको शेयर प्रतिकित्ता ६४९ रुपैयाँ ८० पैसा र प्रभु लाइफको ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री