बुधबार, १२ वैशाख २०८१

सवारीसाधनको भाडादर घट्यो, अब कहाँ जान कति लाग्छ ?

समयपोष्ट २०८० जेठ ३ गते १०:१०

Advertisement

अन्तरप्रदेश संचालन हुने यात्रुवाहक सवारीसाधनको भाडादर घटेको छ ।

पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटेको छ।

यातायात व्यवस्था विभागका अनुसार आजदेखि लागु हुने गरि दुई वा दुईभन्दा बढी प्रदेश भई (राष्ट्रिय रुटमा) संचालन हुने सार्वजनिक यातायाको भाडा समायोजन भएको हो।

नेपाल आयल निगमले डिजेलको मुल्य प्रति लिटर १० रुपैयाँका दरले घटाएसँगै सार्वजनिक सवारीसाधनको स्वचालित रुपमा भाडादर समायोजन गरिएको हो।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा समायोजन गर्नुपर्छ। २०७८ सालमाा वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडादर समायोजन हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री