शुक्रबार, ७ वैशाख २०८१

‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न

समयपोष्ट २०८० वैशाख २९ गते १६:३८

Advertisement

एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा ली र पायोनियर ल एसोसिएट्सको सहकार्यमा सोमबार बिरगञ्ज स्थित क्लार्क रिर्सोटमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको
छ ।

उक्त कार्यक्रममा प्रायोजकको रुपमा रहेकोडाएनामिक टेक्नोसफ्ट प्रा. ली.ले आफ्नो ब्यानर प्रदर्शनी गरेको थियो । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा ली र पायोनियर ल एसोसिएट्सले बिरगञ्जको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागि यस्तो कार्यशाला आयोजना गरेको हो।

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो । कार्यक्रमको सफल कार्यान्वयनको लागि सि ए सुभास खण्डेलवाल , सि ए प्रदिप कुश्वाहाले सक्रिय भुमिका निर्वाह गर्नुभएको थियो ।

उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उधाहरणहरु समेटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री