शुक्रबार, १६ चैत २०८०

सेयर बजारमा ३५.५ अंकको गिरावट

समयपोष्ट २०७९ जेठ १७ गते १५:३७

Advertisement

सेयर बजारमा ३५.५ अंकको गिरावट आएको छ ।

आज नेप्से परिसुचक ३५.५३ अंकले घट्दै २१ सय ३७.९२ विन्दुमा झरेको छ ।

अघिल्लो दिन ५० अंकमाथिले घट्दै नेप्से सूचक २१ सय ७६ विन्दुमा झरेको थियो । यस दिन समग्र सूचकमा ३५ अंकको गिरावट आउँदै गर्दा कारोबार रकम समेत १ अर्ब ३१ अर्बमा सीमित हुन पुगेको छ । कुल २२९ कम्पनीका झण्डै ३७ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा आज जम्मा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

१३ वटा उपसूचक मध्ये म्युचुअल फन्ड बाहेकका अन्य १२ वटा उपसूचकहरु ऋणात्मक भएका छन् । सबैभन्दा बढी निजीवन बीमाका लगानीकर्ताहरूले आज २.५६ प्रतिशतले गुमाएका छन् भने म्युचुअल फन्डका लगानीकर्ताहरूले ०.४५ प्रतिशतले कमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री