बिहीबार, ६ वैशाख २०८१

बेपत्ता विमान खोज्न उड्यो सेनाको हेलिकप्टर

समयपोष्ट २०७९ जेठ १५ गते १२:४४

Advertisement

तारा एयरको सम्पर्कविहिन विमानको खोजीकार्यका लागि नेपाली सेनाको हेलिकप्टर केहीबेर अघि त्रिभुवन विमानस्थलबाट मुस्ताङका लागि उडेको छ ।

सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ । हेलिकप्टर दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म पुष्टि भइसकेको छैन ।

मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको छ । सोही क्षेत्रमा खोजीका लागि सेनाको हेलिकप्टर पठाइएको हो । ताराको विमानमा ६ विदेशीसहित १९ जना सवार छन् ।

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । विमानका सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री