बुधबार, १२ वैशाख २०८१

नक्सालमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा

समयपोष्ट २०७९ जेठ १३ गते १८:१७

Advertisement

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नारायण चौर, नक्साल, काठमाडौँमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भने, “हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित छौं। नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिनेछ । ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि लागि बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ ।”

बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री