शुक्रबार, १६ चैत २०८०

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

समयपोष्ट २०७९ जेठ १३ गते १६:१६

Advertisement

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ ।

शुक्रबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफसमेत दिएका थिए भने नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकमा सांसदहरु डा बेदुराम भुसाल, शेखरकुमार सिंह, डा विमला राई पौड्याल, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र भगवती न्यौपानेले स्पष्टिकरण माग गरेकी थिइन् ।

स्पष्टिकरण मागपछि जवाफ दिने क्रममा कानूनमन्त्री कोइरालाले सबै जिज्ञासा स्वाभाविक भएको बताउँदै जडीबुटी उत्पादन र प्रशोधनलाई सरकारले प्राथमिकतामा राखेको र आउँदो बजेटमा त्यसलाई समेटिने विश्वास दिलाइन् ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले यही जेठ १५ गते अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक बजेट प्रस्तुत हुनेहुँदा सांसदहरुलाई १५ मिनेट अघि नै आशनग्रहण गरिसक्न निर्देशन दिएका थिए । राष्ट्रियसभाको अर्को वैठक यही जेठ १५ गते दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री