शुक्रबार, ७ वैशाख २०८१

रेनु दाहाल सवार गाडी दुर्घटना

समयपोष्ट २०७९ जेठ १३ गते १६:१२

Advertisement

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।

ललितपुर प्रहरीका अनुसार उनी सवार गाडी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो ।

गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ ।

उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री