शुक्रबार, १६ चैत २०८०

उल्फ एयर मास्क नेपाली बजारमा

समयपोष्ट २०७९ जेठ ११ गते १६:४९

Advertisement

उल्फ एयर मास्क ने पाली बजारमा भित्रिएको छ ।

जर्मन टेक्नोलोजि प्रयोग गरेर “अल अबाउट इनोभेसन्स” नामक संस्थाद्वारा भारतमा निर्मित उक्त इलेक्ट्रोनिक्सलाई प्लानेट हेल्थ केयर प्रा लिले नेपाली बजारमा ल्याएको हो ।

कोरोना महामारीको प्रतिपादन गरिएको उल्फ एयर मास्क विश्व बजारमा छोटो समयमा नै चर्चा बटुल्न सफल प्रडक्ट हो ।

हावामा रहेको बिकार, किटाणु तथा अशुद्दतालाई ९९.९५ नष्ट गरि स्वास फेर्न लायक हावा प्रबाह गर्ने उक्त उल्फ एयर मास्क पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरि निर्माण गरिएको बताइएको छ ।

भारत लगायत विभिन्न देशबाट पुरस्कृत उल्फ एयर मास्क सिनेमा हल, सो रुम, रेस्टुराण्ट तथा क्लब, कर्पोरेट हाउस, अफिस, बैंक तथा फाइनान्स र घरका लागि उपयुक्त हुनुको साथै महामारी रोकथाममा टेवा पुग्ने बिश्वास कम्पनीले लिएको छ ।

भित्तामा एयर कन्डिसनर जस्तै गरि राख्न मिल्ने उक्त इलेक्ट्रोनिक्सले के कति रुपमा हावालाई शुद्ध बनाइरहेको छ भनि मोनिटरमा हेर्न सकिन्छ । कुनै गन्ध वा पदार्थ नफ्याकने उल्फ एयर मास्कले नेगेटिभ आयोन प्रवाह गरि किटाणु नष्ट गर्दै हावालाई शुद्ध बनाउँदछ ।

एयर मास्क वान र एयर मास्क मिनी गरि हाल दुईवटा मोडलमा उपलब्ध उल्फ एयर मास्क क्रमशः १००० स्क्वायर फिट र ५०० स्क्वायर फिटको लागि डिजाइन गरिएको छ । नेपाली बजार अनुरुपको मूल्य, निःशुल्क जडान तथा मर्मत सुविधा र २ वर्षको वारेन्टी रहेको कुरा प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठले बताए ।

आइतबार मेरिएट होटलमा आयोजित एक कार्यक्रममा कम्पनीका बैज्ञानिक तथा आविष्कारक बोनिफेस ग्यास्परले उल्फ एयर मास्क पुर्ण रुपमा स्वास्थ्य बर्धक र मेडिकल मापदण्ड सहित प्रमाणित रहेको दाबी गरे । उल्फ एयर मास्कले भै परि आउने महामारी रोकथाम गर्नुको साथै सामाजिक स्वास्थ्य सुरक्षामा अतुलनीय योगदान पुर्याउने कुरा कार्यक्रमा उपस्थित विज्ञहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री